इन्द्रेणी संवाददाता
वीरगञ्ज, १४ भदौ । कोरोनाबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा रौतहटको राजपुरका ४० वर्षीय युवकको आज विहान ज्यान गएको हो ।
मधुमेहका समेत बिरामी रहेका ती व्यक्तिमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको थियो । उनीमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो ।











