इन्द्रेणी संवाददाता
वालिङ, १४ भदौ । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं. ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

तस्विर : फाइल
दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चापाकोटबाट बिरामी काठमाडौ पु¥यार फर्कने क्रममा एम्बुलेन्स आज विहान सवा ४ बजे सडकबाट अन्दाजी २५० मिटर तल खसेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा चापाकोट नगरपाकिला ९ का ३५ बर्षिय भानुभक्त गैरे र वडा नम्बर १० का २५ बर्षिय श्याम पंगेनी छन् भने एम्बुलेन्स चालक चापाकोट ९ का ३१ बर्षिय सुरेन्द्र भण्डारी र २८ बर्षिय पवित्रा पोख्रेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिएका छन् ।











