इन्द्रेणी संवाददाता
काठमाडौं, १३ भदौ । काठमाडौं उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६१ वर्षीया महिलाको मृत्यु भएको हो । भक्तपुरकी महिलाको आइसीयूमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
त्यस्तै स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।











