इन्द्रेणी संवाददाता
दाङ, १३ भदौ । दाङमा मास्क नलगाएर हिडडुल गर्ने १३२ जना कारवाहीमा परेका छन् । मास्क अनिवार्य गरेको दुई दिनको अवधिमा १३२ लाई कारवाही गरेको हो । कारवाही गर्दा उनीहरुबाट १३ हजार २०० जरिवाना रकम समेत संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालयले मास्क नलगाएर हिडडुल गर्नेलाई जरिवाना गर्ने नियम लागु गरेपछि त्यसको अवज्ञा गरेकाले ती व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पहिलो दिन विहीबार ५२ जना र शुक्रवार ८० जनालाई कारवाही गरेको थियो । सो क्रममा जोरविजोर प्रणाली लागु नगरेको भन्दै ४०८ वटा सवारीका साधनलाई समेत कारवाही गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणलाई फैलिन नदिनका लागि भदौ ११ गते दाङमा मास्क अनिवार्य र सवारीका साधनमा जोरविजोर प्रणाली लागु गरेको थियो ।
