शान्तकुमार बुढा मगर
देउखुरी, १३ भदौ । लामो समय सम्म विवादमा रहेको लमही-कोइलाबास सडक खण्ड बाटो विस्तार गर्न सरोकारवालाहरूले एक कार्यक्रमका विच निष्कर्ष निकालेका छन् ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता एवम् प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतिरमण शर्माको प्रमुख अतिथिमा लमही कोइलाबास सडक खण्ड फराकिलो पार्ने सम्बन्धमा सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागीले लमही कोइलाबास सडक खण्ड अन्तरगत रहेका संरचना हटाइ बाटो विस्तार गर्ने निष्कर्षमा पुगेका हुन् ।

लमही नगरपालिकाले आयोजना गरेको सर्वदलीय र सर्वपक्षीय बैठकले लमही कोइलाबास सडक खण्ड फराकिलो बनाउने सन्दर्भमा भएको छलफलले लमही नगरपालिका अन्तरगतको लमही बजार क्षेत्र भित्र पर्ने घरहरूको मुअब्जाको लागि संघिय सरकार समक्ष पहल गरि बाटो विस्तार गर्न यथासिग्र प्रक्रिया अगि बढाउने निर्णय गरेको छ ।

बैठकमा प्रदेश सभा सदस्य रेवतिरमण शर्माले लमही कोइलाबास सडक अन्तरगत पर्ने संरचना हटाउने क्रममा विस्थापित हुने वास्तविक पिडितलाई पहिचान गरि व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘विकास गर्दा विनास हुनु स्वभाविक हो तर, वास्तविक पिडितलाई पहिचान गरी व्यवस्थापन गर्न पर्छ । त्यो नीति स्थानीय पालिकाले बनाउनुपर्छ ।’ यस्तै बैठकमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही कोइलाबास सडक खण्ड फराकिलो गर्ने सन्दर्भमा सबैले सहयोग गर्न अपिल गर्नु भएको छ ।

उहाँले भन्नुभयो,–। ‘सडक फराकिलो बनाउनमा तपाईंहरूले सहयोग पु¥याउनु होस्, घरहरूको मुअब्जाको लागि संघिय सरकार समक्ष पहल गर्ने र वास्तविक पिडितलाई पहिचान गरी व्यवस्थापन गर्नेछौं ।’ बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९ने।क।पा।० नगर कमिटी सचिव बसन्त शर्मा ९विक्रान्त०ले सरकारले गर्ने विकासे गतिविधिमा नेपाल कम्युनिष्ट पार्टी ९ने।क।पा।० सधै सकारात्मक र सरकारलाई सहयोग गर्ने कुरामा हाम्रो पार्टी तयार रहेको प्रतिवद्वता जनाउनु भयो ।

यस्तै नेपाली कांग्रेस, समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टीले पनि लमही कोइलाबास सडक खण्ड फराकिलो बनाउने सन्दर्भमा सकारात्मक भुमिका निभाउनुका साथ विकासको क्रममा आउने बाधा अर्चणमा सदैब सहयोग रहने प्रतिवद्वता जनाएका थिए । कार्यक्रमको सहजिकरण लमही नगरपालिका निमित्त अधिकृत रविन्द्र क्षेत्रीले गर्नु भएको थियोे ।।