इन्द्रेणी संवाददाता
घोराही, १० भदौ । घोराही उपमहानगरपालिका वडा नं १८ स्थित गिठेपानी, फुर्सेखालीमा अस्थायी प्रहरी विट स्थापना गरिएको छ । अस्थायी प्रहरी विटको आज बुधवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

poliउद्घाटन घोराही उपमहानगरपालिका प्रवक्ता तथा वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले गरे । प्रहरी विट स्थापना भएपछि यस क्षेत्रको शान्ति सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।

स्थापना गर्ने उदेश्यले विटको स्थापना गरिएको बताइएको छ । टोल विकास संस्थाका अध्यक्ष मात्रिकाप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख दिनेश रिमाल, एक्ता महिला बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारी, आधारभूत विद्यालय गिठेपानी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केशरवहादुर रावत, दिदी वहिनी टोल विकास संस्थाका अध्यक्ष घनबहादुर रावतले आफ्ना विचार राखेका थिए ।