इन्द्रेणी संवाददाता
काठमाडौं, १० भदौ। नेपालमा आज बुधवार थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । वितेको २४ घण्टामा दुई जना महिला र नौ जना पुरुष गरी ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १७५ पुगेको छ । पछिल्ला केही दिनदेखि नेपालमा दैनिकजसो कोरोनाबाट मानिसले ज्यान गुमाउदै गएका छन् ।











