इन्द्रेणी संवाददाता
काठमाडौं, १० भदौ । नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् ।











