इन्द्रेणी संवाददाता
काठमाडौं, ९ भदौ । नेपालमा आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २७१ महिला र ५८४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४५३ जनाको नमूना परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण फेला परेको हो । यौसँगै नेपालमा कूल संक्रमितको संख्या ३३ हजार ५२३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा सात जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।











