दाङ,९ भदौ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्वर ५ को रणनीतिक योजना, कार्यान्वन र चूनौती बिषयक भर्चुअल मार्फतको सम्बाद आज मंगलबार भएको छ ।
संबाद समूह प्रदेश नम्वर ५ सचिवालयको आयोजनामा भएको भर्चुअल मार्फतको संबादमा सामाजिक बिकास मन्त्रालय, प्रदेश नम्वर ५ का स्वास्थ निर्देशक डाक्टर बिनोद गिरीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि १० बुँदे निर्देशिका बनाइ काम भइरहेको जानकारी दिएका छन् ।
सोही निर्देशिका अनुसार कुन कुन क्षेत्रका ब्यक्तिको स्वाव परीक्षण गर्ने, कति दिन सेल्फ क्वारेन्टाइनमा बस्ने लगायतका उल्लेख भएको गिरीले बताए । उनले कोरोना भाईरस संक्रमण समुदाय सम्म फैलन नदिन केसस्टडीको तयारी शुरु हुन लागेको बताए ।











