इन्द्रेणी संवाददाता
बुटवल, ९ भदौ । रुपन्देहीमा एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । गैडहवा गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुषको गएराति उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा ज्यान गएको हो ।
बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।











