इन्द्रेणी संवाददाता
काठमाडौँ, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी आज बिहान १० बजेदेखि शुरु भएको बैठक १२ बजे सकिएको हो ।
सो क्रममा दुवै अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गरेका छन् । त्यस्तै प्रतिवेदनलाई थप छलफलका लागि आगामी भदौ १३ गते शनिवारका दिन सचिवालय बैठक बोलाउने सहमति भएको छ ।











