इन्द्रेणी संवाददाता
दाङ, ९ भदौ । साउन १६ गते घुससहित पक्राउ परेका दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय धरौटीमा छुटेका छन् । उनलाई १५ लाख धरौटीमा रिहा गरिएको छ भने तीन महिनासम्मका लागि सेवाबाट निलम्बन गरिएको छ ।

uupaउपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा साउन १६ गते साँझ नागढुंगाबाट पक्राउ गरेको थियो । टोलीले उनीबाट १ लाख ४० हजार नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेको थियो । रकम भुक्तानी बापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकीय फौजदारी कार्याविधि संहिता वमोजिम उनलाई धरौटीमा रिहा गरिएपनि अनुसन्धान जारी रहेको आयोगले बताएको छ । उपाध्याय सोमबार धरौटीमा रिहा भएका हुन् ।