इन्द्रेणी संवाददाता 

दाङ २८ असार । मुक्त कमैयाँ समाज दाङले १६ औ मुक्ति दिवस साउन २ गते घोराहीमा मनाउने भएको छ । समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा आज लमही ६ मजगाउँमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समाजले हरेक वर्ष साउन २ गते मुिक्त दिवसको रुपमा मनाउदै आएको छ । यस वर्षको मुिक्त दिवस जिल्ला प्रसाशन कार्यालय अगाडी ¥याली तथा कोण सभाको आयोजना गरि मनाउने तयारी गरेको समाजका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । दिवसको दिन ५ बुदे माग प्रमुख जिल्ला अधिकारीलाई बुझाउने समाजले जनाएको छ ।

Kamlari-NAMUNA-VILLAGEकमैया महिलाहरुलाई पहिचान सहितको परिचय पत्र प्रदान गर्नु पर्ने, अधिकार सम्पन्न राजनैतिक संयन्त्र तयार गरी पुर्नस्थापनाको कार्यलाई अगाडी बढाउनु पर्ने, मुक्त कमैयाका बालबालिकालाई अनिवार्य रुपमा उच्च शिक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गर्नु पर्ने, निशुल्क औषधी उपचार हुनु पर्ने, हरेक निकायमा मुक्त कमैयाको प्रतिनिधित्व हुनु पर्ने माग रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

हाल दाङमा परिचय पत्र प्राप्त गरेका मात्रै १ हजार ४ सय २६ जना मुक्त कमैयाहरु रहेका छन् । जसमा ७ सय ५ जनाको जग्गा पुर्नस्थापना गर्नु पर्ने, ६ सय ८६ जनाले लालपुर्जा प्राप्त गरेको, १७ जनाको लालपुर्जा भए पनि जग्गा पहिचान नभएको बताइएको छ । साथै दिवसमा जिल्ला भरबाट २ हजार मुक्त कमैयाहरुको सहभागीता रहने बताइएको छ ।

यसैबिच दिवसलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । जस अनुसार कमलापति चौधरीको संयोजकत्वमा ७ सदस्यीय मुल कार्यक्रम व्यवस्थापन समिति, लल्लु चौधरीको संयोजकत्वमा मञ्च निमार्ण समिति, बलबहादुर चौधरीको संयोजकत्वमा जलपान समिति र सुनरुपी चौधरीको संयोजकत्वमा नारा जुलुस समिति गठन गरेको छ । बैठकको सहजीकरण मुक्त कमैया युवा जागरण समाजका जिल्ला सदस्य रेखा चौधरीले गर्नु भएको छ ।।