काठमाडौं २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो ।

zooचिडियाखानामा हाल झन्डै ४०० बालबालिका यहाँको गतिविधिमा सहभागी रहेकाले शैक्षिक संस्थाका रुपमा विकास गर्न सकिने बताउनुभएको हो । नीति नहुँदा सञ्चालन गर्न समस्या हुने भएकाले सरकारले नीति निर्माण गरे व्यवस्थापन गर्न सहज हुने प्रमुख ज्ञवालीको भनाइ छ ।

बालबालिकालाई नियमितरुपमा यस्ता स्थानको अवलोकन गराउँदा उनीहरुले जीव जनावरप्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आउने छ । झन्डै ४०० बालबालिका चिडियाखानामा रहेका जीव जनावरलाई खाना खुवाउने, सरसफाइलगायतको काममा सहभागी हुँदै आएको व्यवस्थापनले बताएको छ ।