दाङ २८ असार। अपाङ समन्वय समिति सिसहनियाँले अपाङगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । समन्वय समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षतामा आज बसेको बैठकले साउन ३ गते गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो सामागी वितरण गर्न लागेको हो ।

slide7सिसहनियाँ गाबिस भित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिव तथा अति विपन्न ११ जना अपाङगता भएका विद्यार्थीहरुलाई सो शैक्षिक सामाग्री वितरण गर्न लागेको हो ।

अपाङगता भएका विद्यार्थीहरुलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले सो सामाग्री वितरण गर्न लागेको हो । साथै बैठकले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सुशिला सुवेदीको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ । ।