इन्द्रेणी संवाददाता
दाङ, २८ असार । दलित महिलाहरुले समुदायमा अझै कानुन कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । दलित महिला संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको नेतृत्व बिकास सम्बन्धि २ दिने नेतृत्व बिकास तालिम उद्घाटनमा उनीहरुले नेपालको संबिधान २०७२,जातिय बिभेद बिरुद्धको कानुन,अन्तराष्ट्रिय महासंन्धी लगायत थुप्रै ऐन,कानुन भएपनि अझै पनि प्रभाबकारी कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका छन् ।
संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा तुलसीपुर नगरपालीका लगायत जिल्लाका बिभिन्न गाबिसका २६ बढी दलीत महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा वोल्दै अध्यक्ष कराराले दलित महिलाहरु नीति निमार्ण गर्ने स्थानमा पुग्न नसक्दा कानुन कार्यान्वयन हुन नसक्ने बताइन । त्यसका लागि अब दलीत महिलाहरुमा नेतृत्व बिकास गर्न पर्छ,उनको जोड छ ।।
