इन्द्रेणी संवाददाता
तुलसीपुर २८ असार । दाङका जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले लागुऔषध दुव्र्यसनी वाट युवालाइ वचाउन सवै जिम्मेवार वन्नुपर्ने वताउनु भएको छ । आज तुलसीपुरमा भएको लागुऔषध दुव्र्यसनी विरुद्ध आयोजित सचेतना कार्यक्रममा प्रहरी प्रमुख सिंहले यस्तो कुरामा जोड दिनुभएको हो ।

Untitledpसाथीहरुको लहलहै पारीवारीक वेमेल र सामाज दायित्व वाट पछि हटदा युवाहरु लागुऔषध दुव्र्यसमिा फसने गरेको उहाँको भनाई थियो ।

नेपालको तथ्याङक अनुसार २८ प्रतिशत युवाहरु उत्सुक्ताले र ७८ प्रतिशत युवाहरु संगतले दुव्र्यसनिमा फसेको भन्दै उनिहरुलाइ समयमै दुव्र्यसनिमा फसन नदिन प्रहरी परिवार तथा समाजनै सचेत वन्नु पर्ने भन्दै प्रहरी प्रमुख सिंहले प्रहरी एक्लै केहि गर्न नसक्ने वताउनुभयो ।

सचेतना गोष्ठीमा सहभागि युवाहरुलाइ उनले लागुपदार्थ दुव्र्यसनि वाट युवाहरुलाई वचाउन लागि तपाइहरु लागि परे मात्रै कार्यक्रमको सार्थकता रहने उनले वताएका थिए ।

२०३३ साल देखि नियन्त्रण को प्रयास गर्दागर्दै पनि हाल नेपाल वार्षिक ८०करोड वरावरको लागुऔषध कारोवार भएको तथ्याङक नेपाल प्रहरी संग भएको भन्दै यसको नियमनका लागि सवै लाग्नु पर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर नगरपालीकाको आर्थिक सहयोग तथा नगर स्तरीय युवा सञ्जालको आयोजनामा भएको एकदिने लागुऔषध दुव्र्यसनि विरुद्ध सचेतना गोष्ठीमा नगर क्षेत्रका ६०जना युवा युवतीको सहभागिता रहेको थियो ।।