सिरहा, ६ भदौ । तीन दिनअघि मृत्यु भएका सिरहाका एक वृद्धमा कोरोना संक्रमण देखिएको छ । मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको बिहीबार मृत्यु भएको र आज मात्रै उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित पनि भएको बताइएको छ ।











