इन्द्रेणी संवाददाता

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

CPN-Party-officeप्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल हुनेछ । पार्टी भित्रको समस्या सुल्झाउन यसअघि नै नेकपाले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरिसकेको छ ।