इलाम, १ भदौ। इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ बर्षीय युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदराबादबाट आएर सो क्वारेन्टाइनमा बस्दै ती युवाको आइतवार राति मृत्यु भएको हो ।

dethसूर्योदय नगरपालिका ९ घर भएका ती युवाको स्वास्थ्यमा समस्या भएपछि आइतवार बिहान १० बजेदेखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राति मृत्यु भएको उपचारमा खटिएका डा. सरोज दर्नालले बताएका छन् ।

साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको छ तर रिर्पोट आइनसकेको इलाम स्वास्थ्य कार्यालयले जनाएको छ ।