चितवन, ३२ साउन । चितवन भरतपुर अस्पतालमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको सघन उपचार कक्षमा कार्यरत चिकित्सक र आकस्मिक कक्षमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको हो ।
दुई जना नर्स र अन्य तीन जना अन्य कर्मचारीमा संक्रमण पुष्टि भएपछि सम्पर्कमा रहेका अन्यको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । तिमध्ये १० जना पुरुष र ११ जना महिला छन् ।











