सिन्धुपाल्चोक, ३२ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रवार विहान गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । पहिरोमा हराएका १८ जनाको शव निकालिएको छ भने २१ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् ।
त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दाङको छन् । हराएकाहरुको नेपाली सेना, प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् ।











