इन्द्रेणी संवाददाता
देउखुरी, ३० साउन । दाङको सिसहनियाँ उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले चाडपर्बलाई मध्यनजर गर्दै अर्को सूचना नहुदासम्म सुरक्षित रहदै शनिवार पनि उद्योग ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।
ubaउद्योगी ब्यवसायीहरुको हितका कार्य गर्दै उपभोक्ताको हकहित समेत संरक्षण गर्ने प्रतिबद्धता अनुसार कार्य गर्न समेत संघले अनुरोध गरेको छ । पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आइरहेको र कोभिड–१९ को जोखिम समेत बढी रहेको अवस्थामा सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्न सम्पूर्ण उद्योगी ब्यवसायीहरुलाई संघले अनुरोध समेत गरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिएका छन् ।

सिसहनियाँ उद्योग वाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजस्व कार्यालय तुल्सीपुरद्धारा ब्यवसाय नविकरण तथा प्यान नविकरणकोे केही समय अगाडि सञ्चालन गरेको शिविरको समीक्षा समेत गरिएको सचिव मदन पोख्रेलले बताए ।

बैठकले आउदै गरेको हिन्दु धर्मालम्वीहरुको महान चाड हरितालिका तीजको अवसरमा सबै नागरिकहरुलाई घरमै सुरक्षित रहेर मनाउन अनुरोध गदै सम्पूर्ण महिला दिदी बहिनीहरुमा शुभकामना सन्देश पास गरेको कार्यालय सचिव युवराज सुवेदीले बताए ।