शान्तकुमार बुढा मगर
भौवानाका, २८ साउन । बर्षातका कारण बाढीले कुलोको बाध भत्काए पछि करिब ३५ बिगाहाभन्दा बढी जमिनमा  सिंचाइँ सुविधा दिदै आएको कुलो अबरुद्ध भएको छ ।

2राजपुर गाउपालिका – ७ भौवानाकामा मंगलबार आएको बाढीले उक्त बाध भत्काएको हो । बाढीले बाध भत्काएर लगेको र खोला पार गराउन बनाएको कुलोको डुर समेत भत्काएको कुलो ब्यबस्थापन समितिका अध्यक्ष कालुराम कामीले बताए । असार महिनामा पनि बाध बगाउन लागेको र स्थानीयहरुले मर्मत गरेपनि यस पटक भने सबै बगाएको कामीले बताए ।

“गत असारमा पनि बगाउने लागेको थियो केही जाली बगाए पछि हामीले पुनः जाली भरेर मर्मत गरेका थियौं तर मंगलबारको पानीले पुरै बगायो करिब ३५/४० लाखभन्दा बढी नोकसानी गरायो”,  उनले भने । करिब ३० मिटर भन्दा लामो खोलोपार गराउन बनाइएको डुरलाई बाढीले पाँच वर्ष पहिले आधाभन्दा बढी बगाएर लगेपछि स्थानीयले पाइप प्रयोग गर्दै आइरहेका थिए ।

1भू-संरक्षण दाङको सहयोगमा २०६८ सालमा सो कुलो बाध बनाइएको थियो । बाध पुरानो र कमजोर हुँदै गए पछि स्थानीयले पक्की कुलो सिचाइ बनाउन माग गरेको र दुई दुई पटक प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरे पनि जिल्ला सिचाइँ बिभागले बेवास्ता गर्दा पक्की कुलो बन्न नसकेको स्थानीयको गुनासो छ ।

गत फागुनमा योजना सम्पन्न गर्न सकिने थियो । तर सिचाइ बिभागका डिइले नाकावासीलाई उपेक्षा गरेर प्रारम्भिक अध्ययन र नापजाप नगर्दा काम हुन सकेन । मावि भौवानाकाका अध्यक्ष श्यामबहादुर झार्कीले बताए । धेरै पटक जिल्ला सिचाइँमा गएर नाकामा जान अनुरोध गरे पनि आउन मानेन र हामीले प्रदेश मन्त्रालयमा समन्वय गरेपछि मन्त्रीले जान अनुरोध गर्दा समेत सिचाइँका हाकिम साबले मन्त्रीलाई नै उपेक्षा गरेर जानुभएन उनले भने।

दुई/दुई पटक सम्म डि.ई. कै कारणले बजेट डिसमिस भयो । पोहोर साल भदौदेखि सिचाइमा धाइयो लकडाउन सम्म सम्म्पन्न हुने योजना राजनितिक खिचातानीले त होला रु भौवा कुलो ब्यबस्थापन समितिको अध्यक्ष कामीले बताए ।

नाकामा प्रमुख खेतीको रुपमा मकै, धान, गहुँ, अरहर तथा दाल जन्य उत्पादन हुने गर्छ । बर्षात पछि नाकाका जमिन सुख्खा हुने र अब कुलो नहुँदा किसान मर्कामा परेको नाकावासीको गुनासो छ ।