दाङ, २८ साउन । रोटरी क्लब अफ तुलसीपुर सिटीले यस क्षेत्रका दुईवटा मन्दिरहरुमा प्रतिक्षालय निर्माण गर्ने भएको छ ।
प्रसिद्ध धार्मिक स्थलहरु त्रिसिद्धेश्वरी मन्दिर र दुधेनाको कृष्ण मन्दिरको प्रागंनमा तिर्थालु र भक्तजनहरुका लागि प्रतिक्षालय निर्माण गर्ने भएको हो । प्रतिक्षालय निर्माणको काम सुरु भएको रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले बताए ।
त्रिसिद्धेश्वरीमा रोटरी क्लब अफ तुलसीपुरका सस्थापक अध्यक्ष स्व. राजकुमार श्रेष्ठको सम्झनामा प्रतिक्षालय निर्माण गर्न लागिएको हो भने दुधेना कृष्ण मन्दिरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका सदस्य क्षेत्र भण्डारीको सयोजकत्वमा रोटरी प्रतिक्षालय निर्माण गर्न लागिएको हो ।











