इन्द्रेणी संवाददाता
काठमाडौं, २८ साउन। नेपालमा आज बुधवार थप ४८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १४ हजार ८४६ जना रहेका छन् भने आईसोलेशनमा ७ हजार ६१३ जना रहेका छन् ।
हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।











