काठमाडौं, २७ साउन । सरकारले लामो दुरीका यातायात र हवाई उडान आउँदो भदौ १५ गते पछि मात्रै खोल्ने भएको छ ।

turkish-airlinesयसअघि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको सरकारले कोरोनाका जोखिम बढ्दै गएकाले भदौ १५ गतेपछि मात्रै खोल्ने निर्णय गरेको हो ।
सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि लामो दुरीका यातायात र हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै भदौ १ गतेदेखि विद्यालयहरुले भर्ना लिन माइने निर्णयलाई पछि पछि सारेर भदौ १५ गतेपछि मात्रै लिन पाइने सरकारको निर्णय छ ।