राजेश जीसी
प्यूठान, २६ साउन । प्यूठानमा आज सोमवार एकैदिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १४ जना नेपाली सेनासहित २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

koroस्वास्थय कार्यालय प्यूठानका अनुसार कोरोना संक्रमित हुनेमा इन्द्रधवज गणको आन्तरिक क्वारेन्टीनमा बसेको १४ जना नेपाली सेना, भारतबाट आएका क्वारेन्टाइनमा स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १ जना र पहिचान नखुलेको १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरुको उमेर १२ बर्षदेखि ४६ बर्षसम्म रहेको छ । योसगै प्यूठानमा ३६५ जनामा कोरोना संक्रमण भएको छ भने ३३७ जना निको भएर घर फर्किएका छन् ।