काठमाडौं, २७ साउन। आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व । देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ ।

krishnaआजकै दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ को रुपमा मनाइन्छ । आजको रातलाई ‘मोहरात्री’ पनि भन्ने चलन छ । श्रीकृष्ण भगवानको नाममा वर्त बस्ने चलन पनि छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका थिए ।