इन्द्रेणी संवाददाता
काठमाडौँ, २६ साउन । आज नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् ।











