काठमाडौँ, २६ साउन । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

people-killed-by-the-new-coronavirusसाउन १५ गते भर्ना भएका ती बृद्धको आज बिहान मृत्यु भएको हो । उनी लामो समयदेखि मधुमेह, कलेजोको समस्याबाट ग्रसित थिए । पछिल्लो पटक निमोनियाको लक्षण देखिएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले बताएका छन् ।