देउखुरी, २६ साउन । राप्ती गाउँपालिकामा जैविक विविधता संरक्षणका लागि खोलाहरुको जिम्मा समुदायलाई दिदैछ । राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावतको प्रमुख आतिथ्यता र मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा वसेको बैठकले स्थानीय दोलैखोलाको जैविक विविधता संरक्षणका लागि समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु भएको छ ।

mgबैठकले जैविक विविधता संरक्षण गर्नु अति आवश्यक रहेको ठहर गर्दै आगामी दिनमा राप्ती गाउँपालिकासंँग समन्वय गरी दोलैखोलामा असुरक्षित माछा मार्ने कार्यको प्रर्णरुपमा रोक लगाउने निर्णय समेत गरिएको छ ।

देउखुरी क्षेत्रका सम्पूर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको केन्द्रका फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिए ।

बैठकले सर्बसम्मत रुपले राप्ती गाउँपालिका वडा नं ५ स्थित दोलैखोला सामुदायलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि लैजाने निर्णय समेत गरेको छ ।