इन्द्रेणी संवाददाता

विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा ती न्यायधिशमा कोरोना संक्रमण देखिएको हो ।

morang-district-courtअदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधीशसहित चार जनाको स्वाब सङ्कलन गरी कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा ती न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए ।
अदालत पूर्ण रूपमा बन्द गरी स्यानिटाइज गरिनेछ ।