शान्तकुमार बुढा मगर
भौवाना (दाङ), २६ साउन । कोरोना भाइसका कारण देश लकडाउनमा गयो अनि कोरोनाको जोखिम केही कमी भएका कारण सरकारले लकडाउन हटायो । अहिले फेरि अहिले कोरोनाको जोखिम बढ्दै गएको छ । यसरी कोरोनाकै कारण आएको कहिले लकडाउन त कहिले खुकुलो अनि लकडाउनको अवस्थामा आइ रहदा दाङसँग जोडिएका नेपाल–भारत सीमा नाका क्षेत्रमा भने अझै पनि लकडाउनको प्रभाव उस्तै छ ।

nakaदैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमा निर्भर रहेका जिल्लाको राजपुर गाउँपालिकाका नाकावासीहरु कोरोना भाइसका कारण सीमा प्रवेशमा लागेको रोक अझै नखुल्दा ५÷६ घण्टा पैदल हिडेर नेपाली बजारमा दैनिक उपभोग्य सामान खरिद गर्न आउने गरेका छन् ।
वर्षातका कारण बाढी र पहिरोले नाका जोड्ने बाटोहरु बिग्रिए पछि खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरु नाकामा दुवानी हुन नसक्दा आफुहरु ५÷६ घण्टा पैदल हिडेर सामान खरिद गर्न आउनु परेको राजपुर ७ भौवानाका निवासी मंगल खड्काले बताए ।

दैनिक उपभोग्य सामानका लागि भारतिय बजार नजिक छ तर लकडाउनसंगै सिमामा प्रवेश खुलेको छैन । ठुला पसलहरु पनि छैनन । नाकावासीहरु अब भोकै मर्ने अवस्था आएको छ उनले थपे । सामान खरिदको लागि राजपुर ७ का भैसाही मनौरा स्याउले र भौवा बासीहरु बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुम बैरिया आउने गरेका छन् । तर बाकेमा कोरोनाको संक्रमण बढेसंगै बाँकेमा लकडाउन भएपछि जोखिमसंगै समस्या बढेको स्थानीयहरु बताएका छन् ।

यता कोरोनाको महामारी न आउँ रासन छैन आउँ कोरोना सर्ने डर छ । स्याउले निवासी कृष्ण बुढाले बताए । नाकामा खाद्यान्नसंगै औषधि उपचारको पनि अभाव रहेको स्थानीयको गुनासो छ । एक÷डेढ घण्टाको दुरीमा स्वास्थ्य चौकी भएपनि त्यहा पनि प्रयाप्त औषधि नहुदा कि त जोखिम मिलेर भारत जानुपर्छ कि त ४÷५ घण्टा हिडेर उपचार गर्न आउनु पर्ने बाध्यता रहेको नाकावासीको भनाइ छ ।

सरकारले गत चैत ११ गते गरेको लकडाउन पछि नाकामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री अभाव हुन थाले पछि गाउपालिकाले आफ्नै ढुवानीमा नाका सम्म खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु र्पुयाएको थियो । तर बर्षातका कारण बाटोहरु बिग्रिए पछि करिब दुई महिनादेखि दुवानी हुन सकेको छैन ।

बर्षात अब कम हुँदै गएकाले अब चाडै नाका जोड्ने बाटोहरु संचालनमा ल्याउने तयारी भइरहेको र छिट्टै नाकामा सहज ढुवानी गर्न गाउँपालिकाले तयारी गरेको गाउँपालिकाका प्रबक्ता तथा ६ नम्बर वडा अध्यक्ष श्याम रोकाले जानकारी दिए ।