सप्तरी, २१ साउन । सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।
राजविराजको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दुई जनाको र उपचारको लागि धरान लैजाँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिएका छन् ।
मलेसियाबाट आएर होम क्वरेण्टीनमा बसेका रुपनी गाउँपालिका ५ गढियाका पुरुष, राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचाररत डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ८० वर्षीय पुरुषको ज्यान गएको हो । उनीहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।











