इन्द्रेणी संवाददाता
काठमाडौं, २१ साउन । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको छ । त्यस्तै गएको सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि कोरोनाबाट ५८ जनाले ज्यान गुमाइसकेका थिए ।











