काठमाडौँ, २१ साउन। नेपालमा आज थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८५९ जनाको स्वाब परीक्षण गरिएकोमा ३८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१३९० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल ९ हजार ९२५ जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित सङ्ख्या ६ हजार ६६४ रहेका छन् ।











