दाङ । विश्व वातावरण दिवस २०८३ का अवसरमा पत्रकार महासघ दाङको परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

दाङ महिला जेसिज, नेपाल पत्रकार महासघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा पत्रकार महासङ दाङको परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

दाङ महिला जेसिजका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यस्ता दिवस लाई ओैपचारिकतामा सिमित नराखी मानविय जिवनमा महत्त्वपूर्ण भूमिका रहेको वातावरण सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताए।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवाकेन्द्रका सुचना अधिकारी आरके सितल, डाक्टर लोकराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण दाङ महिला जेसिजका महासचिव वसन्ती सुवेदीले गरेकी थिइन् ।