राजेश जीसी
प्यूठान, २१ साउन । प्यूठानमा आज थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा प्यूठान नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थय कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।
आज कोरोना पुष्टि भएका ५ जनामध्ये २ जना महिला र ३ जना पुरुष रहेका छन् । संक्रमित मध्ये ४ जना क्वारेन्टाईनमा रहेका र १ जना समुदाय परिक्षणका क्रममा फेला परेको हो। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३४२ पुगेको छ। भने निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ३४ रहेको छ । अझै ३ सय ६२ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो ।











