पर्सा, १४ साउन । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको र पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।











