तिर्थराज ज्ञवाली
देउखुरी, १४ साउन । कोरोना विशेष देउखुरी आइसोलेशन सेन्टर राप्ती गाउँपालिका मौरिघाटको बारेमा पछिल्लो समसामयिक विषयमा बुधवार छलफल गरिएको छ ।
देउखुरी क्षेत्रका चार वटा स्थानिय निकायहरुको पहलमा सञ्चालनमा आएको सो कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर अव कसरी संञ्चालन गर्ने भन्ने वारेमा चार वटै पालिका विच छलफल गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकमा ५ नं प्रदेश सभा सदस्य इन्द्रजित चौधरी,लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागीता रहेको थियो ।
बैठकमा चार वटै स्वास्थ्य प्रमुखहरुले पछिल्लो कोरना संक्रमणको अवस्था र हाल सम्मको अवस्था र ब्यवस्थाको बारेमा जानकरारी दिए ।
विश्व स्वास्थ्य संगठनको मापडण्ड र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्रको बारेमा समेत छलफल गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका थिए ।











