काठमाडौं, १४ साउन । महोत्तरीमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका १० जना नेपाली सेना र दुई शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

koronaपछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको र त्यसमा १० जना सेना र दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले बताए ।

केही दिनअगाडि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको हो ।