काठमाडौं, १४ साउन । नेपालमा आज थप २१० जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ६ हजारले ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

koroहाल नेपालमा कोरोनाका ५ हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म तीन लाख ५८ हजार ३४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिए । हाल १४ हजार ४७१ जना आशंकित क्वारेन्टिनमा छन् । आज १४६ जना बिरामी कोरोनामुक्त भई घर फर्केका छन् ।