काठमाडौ, १४ साउन । पार्टीभित्र विवाद चुलिदै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सय ५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।

kpपार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने समयमा विवाद झनै चुलिँदै गएको भन्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा लिखित पत्र बुझाएका हुन् ।

पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै उनीहरुले अहिले देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार समाधान गर्नुपर्ने बताएका छन् । नेकपा केन्द्रीय कमिटीमा ४४१ केन्द्रीय सदस्य रहेका छन् ।