काठमाडौँ, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठकमा पेश गरिने प्रस्ताव तयार नभएको भन्दै बैठक अनिश्चित् कालका लागि स्थगित गरिएको हो ।
पार्टीको आन्तरिक विवादका विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन बाँकी रहेकाले थप परामर्शका लागि बैठक स्थगित गरिएको भनिएको छ । बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो ।











