रुकुम पश्चिम, १३ साउन । रुकुम पश्चिममा पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । बाँफिकोट गाउँपालिका वडा नं. ९ झुलाको स्याला भन्ने गाउँमा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका हुन् ।

pairo

photo file

सोमबार राति आएको पहिरोमा परी वेपत्ता हुनेहरुमा २२ वर्षका नवीन सुनार र १६ वर्षका बलबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । बलबहादुर साथीको घरमा सुत्न आएका वेला पहिरोले बगाएको हो । अस्थाई प्रहरी पोस्ट छिनखेतका इन्चार्ज असई बालकृष्ण खड्काका अनुसार स्थानीय र नेपाल प्रहरीले बेपत्ताको खोजीकार्य जारी राखेका छन् ।

त्यैगरी पहिरोमा परी अन्य ३ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय छिनखेत मेडिकलमा उपचार भइरहेका छ । घाइते मध्ये ५५ वर्षीया झुपी सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिरोले घर झण्डै १५० मिटर तल बगाएको छ।