बागलुङ, १३ साउन । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।
![uf8L tfGb}h]l;jL l5Gr'hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;](https://www.indrenionline.com/wp-content/uploads/2018/08/badi-1-300x175.jpg)
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताउए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ । रासस











