काठमाण्डौ, १२ साउन । आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

rainnnमहाशाखाका अनुसार मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

१५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना भएकाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।