काठमाडौं, १२ साउन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

koronaaसरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।

जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ राजधानीमा समाचार छ।